देश

प्रहरी परिसरद्वारा २०७ पाकेटमार पक्राउ, प्रहरीलाई ठूल्दाइ´, पीडितलाई रामे´ र पाकेटमारलाई `मास्टर´ भन्थे

जगत ठाडा मगर
२०७८ अशोज १८ | मध्यान्ह ०४:०६ बजे

काठमाडौ । प्रहरी परिसरले २०७ जना पाकेटमारहरूलाई पक्राउ गरेको छ । काठमाडौंबाट सार्वजनिक सवारी साधनमा यात्रुहरूको, किनमेल गर्न हिडेका सर्वसाधारणहरूको नगद, मोबाइल, गरगहना चोर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

भदौ २५ देखि असोजको १५ सम्म पक्राउ परेकाहरु मध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जनालाई अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कारागार चलान गरिएको प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार पाकेटमारहरूले सांकेतिक भाषा प्रयोग गर्ने गर्थे । उनीहरुले प्रहरीलाई ‘ठूल्दाइ’, पीडितलाई ‘रामे’, पाकेटमारलाई मास्टर वा काशी भन्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले २–६ जनाका दरले समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाई पछाडिबाट घेराबन्दी गर्दै ठेलमठेल गर्दै मोबाइल, नगद, सुनचाँदी पाकेट मारेर पालैपालो ओर्लने गरेको देखिएको प्रहरीको भनाइ छ ।

कमेन्टहरु