राजनीति

प्रचण्डको टिप्पणी : एमालेमा अहिले विचार र सिद्धान्त छैन, सूर्य चिह्न मात्र छ

जगत ठाडा मगर
२०७८ अशोज १८ | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड´ले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गरेका छन् ।

सोमबार आयोजित पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा प्रचण्डले एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र भएको बताए । ‘एमालेमा विचार सिद्धान्त हुँदैन, त्यही सूर्य चिह्न छ, मदन भण्डारी भन्ने छन् । मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको छ’ उनले भने, ‘विचारमा बहस हुँदैन । सबैले आफ्नो पद प्रतिष्ठाको लागि काम गर्ने गरेका छन् । त्यही स्वार्थका लागि मिल्छन् ।’

एमालेको दोस्रो पुस्ता विचारमा प्रष्ट रहेको भन्ने भ्रम भएको प्रचण्डले बताए । दोस्रो तहका नेताहरु विचारमा चोट्टा रहेछन् भनेर हामीले आशा गर्‍यौं, नारायणकाजीजी र मैले त तिनीहरुसँग धेरै मेहनत गरेका छौं´ उनले भने, ‘पछि त तिनका विचार सिद्धान्त यही लोगोमा गएर आत्मसमर्पणमा टुंगियो । के को विचार ?’

प्रचण्डले माओवादीमा पनि यस्तै हुने खतरा रहेको भन्दै त्यसबाट बचाउनुपर्ने चुनौती रहेको बताए ।

कमेन्टहरु