रुपन्देहीमा चक्कु प्रहार गरी एक जनाको हत्या

जगत ठाडा मगर
२०७८ अशोज १८ | मध्यान्ह ०१:०६ बजे

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहार गरी हत्या भएको छ।
हत्याको आरोपमा भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सविक्षा समिल नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्ति बिच झैझगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गरेको हो । गम्भीर घाइते भएका अवदेशलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई नियन्त्रणमा लिइएको छ । साथै चक्कु प्रहारबाट सामान्य घाइते भएका अवदेशका बाबु ४० वर्षीय गोपी चन्दको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।






















