मन्त्रिपरिषदमा मैले भाग खोजेको कुरा झुतो हो : प्रधानन्यायाधीश जबरा

जगत ठाडा मगर
२०७८ अशोज १८ | मध्यान्ह १२:०६ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भागबाट पनि एक जना मन्त्री बन्न लागेको भन्ने समाचार झुतो रहेको बताएका छन् ।
सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँगको भेटमा प्रधानन्याधीश जबराले सो कुरामा कुनै सत्यता नरहेको भन्दै त्यसको खण्डन गर्ने बताए ।
प्रधानन्यायाधीश जबराले त्यसलाई ‘जोक’ भएको बताए ।
भेटमा सहभागी एक सदस्यले मन्त्रालय भागबन्डाबारे प्रधानन्यायाधीशलाई समेत जोडेर आएका समाचारहरुबारे सोधिएको र त्यसबारे विज्ञप्तिमार्फत् स्पष्ट पार्ने बताएको जानकारी दिए ।






















