राजनीति

समाजबादी पार्टीद्वारा विजयनगर गाउँपालिकामा वडास्तरिय कमिटी गठन

जगत ठाडा मगर
२०७८ अशोज १७ | मध्यान्ह ०७:०६ बजे

घनश्याम यादव
कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको पार्टी सुदृढीकरण अभियान अन्तर्गत बिजयनगर गाउँपालिका वार्ड – ७ अन्तरगत वडा स्तरिय कमिटी गठन गरिएको छ ।

उक्त गठन गरिएको वार्ड समितिको अध्यक्ष क्षत्रपाल चौधरी उपाध्यक्ष रहमतुल्ला खाँ कोषाध्यक्ष सुसीला लोहार लगायत ४० सदस्यीय समिति गठन गरिएको हाे ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको सु.जु.अभियान अन्तर्गत वार्ड भेला सम्पन्न भइ चौधरीको अध्यक्षतामा नयाँ वार्ड समिती गठन गरिएको छ ।

जनता समाजवादी पार्टी कपिलवस्तुको जिल्ला उपाध्यक्ष राम निवास पुरीले पछिल्लो समय जनताले जसपालाई विश्वास गरेको र त्यो विश्वास कायम राख्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो हो । साथै राम्रो कार्यमा सहभागी भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्नु पर्ने बताउनु भएको र राजनिति गलत नभई राजतिति गर्ने केहि ब्यक्तिहरु गलत भएको पुरीले बताउनु भएको हो !

कार्यक्रममा स्वागत मन्तव्य दिदै जसपा लुम्बिनी प्रदेश सदस्यका अकरम पठानले पार्टीको सुदृढीकरण र पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र तल्लो निकाय देखि नै संगठन विस्तार गरी मजबुत बनाउन अवाश्यक रहेको पठानले बताउनु भएको छ !

कमेन्टहरु