देश

फलामे छडको मूल्य घट्यो(बिज्ञप्तिसहित)

जगत ठाडा मगर
२०७८ अशोज १७ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । नेपालमा फलामे छडको मूल्य घट्ने भएकाे छ । नेपाल फलामे छड उत्पादक संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारले २५ भाद्र २०७८ मा ल्याएको बजेटमा स्पंज आइरनमा भएको भंसार छूट तथा स्थानिय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्था गरेसँगै छडको मूल्यमा प्रतिकेजी ४ रुपैयाँ घटेको जनाएको छ ।

सँघले सरकारले गरेको उक्त कर छुटको व्यवस्था स्वागतयोग्य भएको बताएको छ। लागत मूल्य प्रतिकेजी चार रूपैयाँ घटाएर फलामे छड बिक्री वितरण गर्नसमेत संघले उद्योगीहरुलाई आग्रह गरेको छ।

बजेटपछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पञ्ज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्यवृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी चार रूपैयाँ घटाइ फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं,’ संघको विज्ञप्तिमा उल्लेख छ।

photo 2021 10 03 01 36 11

कमेन्टहरु