सिरहा न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिलासहित ६ जना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज १७ | बिहान ०७:०६ बजे

सिरहा । सिरहाको गोलबजारमा रहेको न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिला र ४ पुरुष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारले यौनधन्दा चलाउने गरेको विशेष सुचनाको आधारमा छापामारी गरी होटल सञ्चालन सहित ६ जनालाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले २ महिला सहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएपनि निस्चित विवरण आउन बाँकी रहेको जनाएको छ । पक्राउ परेका सवैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।






















