देश

पशुपतिका बाबालाई छुरा प्रहार गरेको आरोपमा युबक पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज १५ | मध्यान्ह ०४:०६ बजे

काठमाडौ । पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछाने रहेका छन् । असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छुरा प्रहार गरेका थिए ।

छुरा प्रहार पश्चात् फरार भएकालाई प्रहरीको सक्रियतामा पक्राउ गरेको हो । अभियुक्तलाई शुक्रबार बिहान हेपाली हाईटवाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए । अभियुक्तको साथबाट खुकुरी र झोला बरामद भएको प्रहरीको भनाइ छ ।

छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाँजा मागेपछि सन्तोषले नदिएपछि अभियुक्तले छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

कमेन्टहरु