देश

१६४ ग्राम खैरो हेरोइनसहित सुनसरीमा एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज १५ | मध्यान्ह ०४:०६ बजे

धरान । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ घर भएका ३८ वर्षीय नईसाद अलि मिया छन् । उनको साथबाट १ सय ६४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र जिप्रका सुनसरीबाट खटिएको टोलीले को.२७ प ३०८१ नम्बरको मोटरसाइकलमा सवार मियालाई सर्च गर्दा सो लागुऔषध फेला परेको थियो ।

आरोपीमाथि सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु