देश

हराएको मोटरसाइकल ईलाका प्रहरी कार्यालय गरुडाले फेला

जगत ठाडा मगर
२०७८ अशोज १५ | बिहान ०७:०६ बजे

सिताराम साह
रौतहट । रौतहटबाट गते भदौ ३० गते चोरी भएको मोटरसाइकल गरुडा प्रहरीले बरामद गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका–३ बस्ने जमशैद आलमको आफ्नै घरको पार्किङ्गमा राखिएको मोटरसाइकल चोरी भएको थियो ।

प्रदेश नं। २ –०३–००७ प १९६२ नम्बरको २२० पल्सर मोटरसाईकल भदौ ३० गते चोरी भएको थियो । चोरी पश्चात सो मोटरसाइृकल खोज तलास गरदिनको लागी आलमले ईलाका प्रहरी कार्यालय गरुडामा निवेदन दिएका थिए । त्यसपछि रौतहट प्रहरी खोजतलाशमा जुटेका थिए ।

खोजतलाश गर्दै जाने क्रममा गरुडा प्रहरीले सो चोरी भएका मोटरसाईकल बुधवार रौतहट जिल्लाको गढीमाई नगरपालिका –१ स्थित नेपाल बैंक अगाडी बेवारिसे अवस्थामा बरामद गरेका थिए । बरामद गरिएको उक्त मोटरसाइकल सम्बन्धित धनिलाई प्रहरी कार्यालयमा बोलाई साथै कागजपत्र हेरि सो मोटरसाईकल बिहिबार धनिलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले बताउनु भयो ।

सोहि हस्तान्तरन कार्यक्रममा डिएसपी भण्डारीले भने हाम्रो टोली सकेसम्म यस्ता कार्यमा जो कोहिको सँम्लग्नता भएमा हामी त्यस्ता ब्यक्तीलाई कारवाहि गरेर नै छाडछौ । डिएसपि भण्डारी आएदेखि सम्पुर्ण मान्छेको मन जितन सफल भएको छ । उहाँको काम प्रति सेवाग्राही पनि निकै नै खुसि रहेका छन ।

कमेन्टहरु