कांग्रेस महाधिवेशन : विजयनगर पालिका सभापतिमा यादव विजयी

नवलपुर टुडे
२०७८ अशोज १३ | मध्यान्ह ०८:०६ बजे

घनश्याम यादव
कपिलवस्तु । नेपाली कांग्रेस पार्टीको सभापतिमा जानकी प्रसाद यादव विजयी हुनुभएको छ । कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा रहेको विजयनगर गाउँपालिकामा बुधबार भएको निर्वाचनमा यादव १ मतको अन्तरले सभापतिमा निर्वाचित हुनुभएको हो ।
उक्त पालिकामा १०९ मत रहेको त्यस मध्ये १०६ मत मात्र खसेको थियो । यादवले ५३ मतले विजयी भएको हो ! र राजेश उपाध्यायले ५२ मत लाई पराजित भएको भने एक मत बदर भएको हो । यादवले आफ्नाे निकटतम प्रतिस्पर्धीलाई १ मतले पराजित गर्नु भएको निर्वाचन अधिकृत बलदेव लमिछानेले जानकारी दिनु भएको छ ।






















