शिक्षा

चीनमा एमबीबीएस पढेका २०१५ का विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउने

नवलपुर टुडे
२०७८ अशोज १२ | मध्यान्ह ०७:०६ बजे

काठमाडौं । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ का कारण विदेशमा अध्ययन गरी प्रयोगात्मक अभ्यास पूरा गर्न नपाएका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने जनाएको हो । कोरोना महामारीका बेला चीनबाट नेपाल फर्केका र फेरि चीन जान नपाएका एमबीबीएस अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

विदेशी विश्वविद्यालयमा अध्ययन गरेका तर कोरोनाको महामारीका कारण इन्टर्नसिप गर्न जान नपाएका विद्यार्थीको विषयमा कार्यविधिबारे सुझाव दिन गठित कार्यदलको असोज ६ गतेको सिफारिस अनुसार आवश्यक प्रक्रिया पूरा गरेर इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । उक्त कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भई सैद्धान्तिक पढाइ पूरा गरेकाले मात्र इन्टर्नसिप गर्न पाउने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायहरुबाट मन्त्रालयमार्फत आवश्यक विवरण संकलन गर्ने भनी सिफारिस प्राप्त भए अनुसार विदेशमा चिकित्सा शिक्षा अध्ययनरत् तर कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नभएका इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन पनि मन्त्रालयले सूचना जारी गरेको छ ।

सूचनाअनुसार असोजको १२ देखि २२ गतेसम्म आवेदन मिति तोकिएको छ ।

हेर्नुहोस् सूचना

photo 2021 09 28 06 59 13

कमेन्टहरु