हिन्दू युवा शक्ति कपिलवस्तुको महाराजगँजमा वडा स्तरीय समिति र गाउँ समिती गठन


घनश्याम यादव
कपिलवस्तु । जिल्लाकाे महाराजगँज नगरपालिका वडा नं.११ बलरमवापुर स्थिर श्री लक्ष्मण दास निम्न माध्यमिक विद्यालयमा हिन्दु युवा शक्ति कपिलवस्तुको जिल्ला अध्यक्ष फागुराम पाण्डेकाे अध्यक्षतामा वडा स्तरीय र गाउँ समिति गठन भएको छ ।
सनातन हिन्दु धर्म सबैभन्दा पुरानो धर्म हाे । यो धर्म मान्ने व्यक्तिहरुलाई संगठित गर्ने काम हाम्रो संस्था गरिरहेका छ । संगठनकाे उद्देश हिन्दु धर्मकाे हकहित र अधिकारकाे बारेमा निरन्तर रुपमा काम गरिरहेकाे अध्यक्ष पाण्डेयले बताउनु भयो ।
हिन्दु युवा शक्ति कपिलवस्तु निर्माण गर्नुकाे उद्देश गाैं संरक्षण गर्ने, हिन्दुहरुलाई संगठित गर्ने, हिन्दु संस्कारलाई जाेगाउने, मठ मन्दिरकाे संरक्षण गर्ने, हिन्दु धर्मको बारेमा जनचेतना जगाउने उदेश्य लगायत अन्य उदेश्यहरु पनि रहेको पाइन्छ ।
हिन्दु युवा शक्ति कपिलवस्तुको जिल्ला अध्यक्ष फागु राम पाण्डेको अध्यक्षतामा वार्ड न .११ को वार्ड समितिका अध्यक्ष शिव सागर गोसाइँ, उपअध्यक्ष चिन्नु यादव, सचिव सन्तोष पाण्डे, प्रवक्ता पन्नालाल श्रीवास्तव र गोल्हिपुर गाउँ समितिको अध्यक्ष चन्द्रसागर यादव, उपाध्यक्ष मनोज चौधरी, कोषाअध्यक्ष ताहार यादव, सचिव संजय यादव, सहसचिव राजु चौधरी, वरिष्ठ सल्लाहकार केतार यादव, सल्लाहकार दिनेश त्रिपाठि र सदस्य राम दिनेश लोहार रहेका छन ।
उक्त कार्यक्रममा जिल्ला सल्लाहकार कपिलदेव पाण्डे, प्रवक्ता सुनिल कुमार शुक्ल लगायत अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो !






















