देश

महाराजगंज वडा नं ४ देखि वडा अध्यक्षमा शैलेन्द्र शुक्ला (गुड्डू) ले अगामी चुनावमा उमेदवारी दिने

नवलपुर टुडे
२०७८ अशोज ११ | मध्यान्ह ०८:०६ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ४ बस्ने युवा समाजसेवी, जुझारू, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका शैलेन्द्र नाथ शुक्ला (गुड्डू) ले आउने स्थानीय चुनावमा वडा नं ४ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l

शुक्लाले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास का साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा बासीको मन जित्ने बताउनुभयो l

आफूलाई वडाका जनताबाट पटक पटक दबाव आइरहेकोले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l

कमेन्टहरु