विशेष अदालतको आदेश : चुडामणिलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश


काठमाडौ । राजस्व चुहावटको आरोप लागेका चुडामणि शर्मालाई विशेष अदाललते ५० लाख धरौटिमा रिहा गर्न आदेश दिएको छ।
तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव रहेका शर्मालाई थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेको हो। न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो। उनीविरुद्ध सदस्य सचिव रहेको समयमा विभिन्न व्यापारिक कम्पनीबाट असुल्नुपर्नेमा राजस्व मिनाह गरेर राज्यकोषमा हानी पुर्याएको आरोप लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा शर्माले एक अर्व ३३ लाख बीस हजार तीन सय पचासी रुपैयाँ कर छुट दिएर राज्यलाई हानी पुर्याएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले उनीसहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध मुद्दा चलाएको थियो। उनी आजै अदालतमा उपस्थित भएका थिए।






















