समाज

रुपन्देहीमा घरमा काम गर्ने मजदूरको लडेर मृत्यु

नवलपुर टुडे
२०७८ अशोज ११ | मध्यान्ह ०२:०६ बजे

बुटवल । रुपन्देहीमा एक मजदूरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ वनभुटानी निवासी ३० वर्षीय किसन चौधरी रहेको छ ।

उनी रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पत्थरगंंजस्थित स्थानीय देवबहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने ३० वर्षीय किसन चौधरीको लडेर मृत्यु भएको हो ।

घरमा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीसँगै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने २५ वर्षीय गोविन्दप्रसाद थारुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु