देश

क्यानडामा जागीर लगाइदिने भन्दै ३ लाख ठगी गरेको आरोपमा दुईजना पक्राउ

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०६:०६ बजे

काठमाडौं । महानगरीय अपराध महाशाखाले क्यानडामा फुड प्याकेजिङमा काम लगाइदिने भन्‍दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका-१० का ३६ वर्षीय नगेन्द्र विश्‍वकर्मा र सुनवर्षी नगरपालिका-८ का ३७ वर्षीय प्रवेज आलम रहेका छन् ।

उनीहरुले पीडित झापा कमल गाउँपालिका-६ घर भइ काठमाडौं बानेश्‍वर बस्‍दै आएका आशिष काफ्लेलाई क्‍यानडामा फुड प्याकिङको लागि मासिक तलब २ लाख २५ हजारमा जागिर लगाइदिने भन्‍दै आइएमइ र सिटी एक्सप्रेसमार्फत ३ लाख पठाउन लगाइ ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरु दुवैजनालाई ठगी सम्बन्धि कसूरमा आवश्‍यक अनुसन्धान गरी कारबाहीको लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

कमेन्टहरु