देश

गृहमन्त्री खाँडको आडमा अन्जु झाको आतंक, पत्रकार पटेल माथी हमला

नवलपुर टुडे
२०७८ अशोज १० | बिहान ०९:०६ बजे

सिताराम साह
रौतहट । माण्डवी नामक संस्थाको कार्यकारी निर्देशक समेत रहेकी अन्जु झाले रौतहटमा आतंक मचाएकी छन् ।

बाल कृष्ण खाँड गृहमन्त्रि भएसँगै आफुलाई गृहमन्त्रिको निकट बताउदै झाले रौतहटका सक्रिय संचारकर्मी मो. मोजिबुलाको सवारी साधनमा प्रतिबन्धित लागु औषध राख्न लगाई काण्ड मचाएको कारण रौतहटबाट जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख सिददी बिक्रम शाह सहित अन्य दुई जना प्रहरी कर्मचारी कारवाहि भोगिरहेको अवस्था छ भने एक अन्य संचारकर्मी संजय सहनी फरार रहेका छन् ।

त्यस्तै अन्जु झाले रचेको लागु औषध काण्डमा संग्लन केही आरोपीहरु प्रहरीकै संरक्षणमा खुलेआम घुमी रहेको पिडितको आरोप रहेको छ । मोजिबुला काण्ड पछाडि अन्जु झाले शुक्रवार रौतहट जिल्लाका चर्चित पत्रकार तथा रिपोटर्स क्लबका प्रदेश कोषाध्यक्ष अभिमन्यु पटेलमाथी आक्रमण गरी स्थानिय प्रशासनलाई खुल्ला चुनौती नै दिएकी हुन ।

आफुलाई गृहमन्त्रि बाल कृष्ण खांडको करिबी मित्र बताउदै प्रचार गर्दै हिड्ने अन्जु झाले शुक्रवार साझ ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर १ स्थित रहेको नारायणी सैलुनमा कपाल कटाउदै गरेको अवस्थामा पत्रकार अभिमन्यु पटेलमाथी आफ्नै नातागोताका गुण्डाहरुलाई प्रयोग गरी हमला गरेकी हुन् ।

सैलुनमा कपाल कटाउदै गरेको अवस्थामा झासँगै आएका वहाँका श्रीमान राजेश मिश्र, सुशिल झा, पुनम झा लगायतको समुहले पत्रकार पटेललाई निर्घात कुटपिट गर्नुको साथै अभद्र व्यहवार समेत गरेको प्रत्यक्षदर्शिहरुले बताएका छन् ।

रौतहटका संचारकर्मीहरु विरुद्ध पछिल्लो केहि समय देखि षडयन्त्र पुर्वक तथा सुनियोजित ढंगले माण्डवीको कार्यकारी निर्देशक अन्जु झालेद्वारा गरिएको क्रियाकलापलाई अपराधिक कार्यको संज्ञा दिदै क्रियाशिल पत्रकार समुह रौतहटले एक विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको छ ।

समुहका संयोजक प्रविण टिवडेवाल र सह संयोजक प्रविण पाण्डेको संयुक्त हस्ताक्षर रहेको सो विज्ञप्ति मार्फत घटनामा संग्लनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको हो । दोषीलाई कारबाही गर्न स्थानिय प्रशासन चुके कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत चेतावनी दिईएको छ ।

त्यस्तै संचारकर्मी पटेल माथी शुक्रवार राति भएको सांघातिक आक्रमणमा संग्लनहरुलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ ।

कमेन्टहरु