नेकपा एकीकृत समाजवादी छिटो सरकारमा जान्छौ : सचिब रामकुमारी झाँक्री

नवलपुर टुडे
२०७८ अशोज ९ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताइन । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उनले बताईन ।
शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दैै उनले भनिन्, ‘हिजोदेखि मुद्दा किनारा लाग्यो, रिटको पक्षमा अन्तरिम आदेश जारी भएन। मु्द्दा लामो प्रोसेसमा गयो भनेपछि एउटा समयमा पुगेपछि रिट खारेजीको प्रक्रियामा गयो। यसले हामीलाई बाटो खुल्यो।’
अब पार्टीको विभिन्न तहको कमिटी गठन गर्ने र सरकारमा सहभागी हुने सचिव झाँक्रीले बताइन्। सरकारमा कहिले सहभागी हुन्छ भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिइनन्। ‘छिटो हुन्छ होला, समय तोके जस्तै हो’ उनले भनिन्।






















