राजनीति

एमालेमा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन, दस वटै समूहको टोली नेता चयन

नवलपुर टुडे
२०७८ अशोज ९ | मध्यान्ह ०२:०६ बजे

काठमाडौ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ।

प्रतिवेदनमाथि छलफल गर्नका लागि १० समूह विभाजन गरिएको थियो । १० वटै समूहबाट टोली नेता चयन भैसकेको छ । तर उक्त टोलीमा माधव नेपालको साथ छोडेर आएका कोही पनि नेता परेनन् । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल,गण्डकीबाट जगत विश्वकर्मा चयन भएका छन् ।

यस्तै लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराई चयन भएका छन् ।उनीहरूले छलफलको निष्कर्ष सुनाउने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

समूहगत छ्लफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने छन् । केन्द्रीय कमिटी अझै सुरु हुन सकेको छैन ।

कमेन्टहरु