कांग्रेस रुपान्तरण गर्न स्थानीय तहबाटै नेतृत्व परिवर्तनको सुरुवात हुनुपर्छ : नेता प्रकाशमान सिंह काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी रुपान्तरणका लागि स्थानीय तहबाटै नेतृत्व परिवर्तनको सुरुवात हुन जरुरी रहेको बताएका छन। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आजबाट सुरु हुन गइरहेको स्थानीय तहको अधिवेशनको अबसरमा शुभकामना व्यक्त गर्दै उनले भने । ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत रूपमा अघि बढाउन अपिल गर्दछु । साथै पार्टी रुपान्तरणका लागि नेतृत्व परिवर्तन पनि महत्त्वपूर्ण भएकाले स्थानीय तहबाटै यसको सुरुवात हुन जरुरी छ।’ उनले भनेका छन। उनले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेकाले महाधिवेशन सुनिश्चितताका लागि इमान्दार प्रयास गर्न आग्रह गरेका छन। त्यसैले नेता सिंहले नेता छनोटमा विशेष ध्यान नेता कार्यकर्तालाई आग्रह गरेका छन। ‘पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन सक्ने, जनतामाझ भिज्न सक्ने, नागरिकमा केही गर्छ भन्ने विश्वास जगाउन सक्ने, भिजन सहितको नेतृत्व चयन गर्नु हुन समेत अपिल गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ,‘निर्धारित मितिमै महाधिवेशन


कांग्रेस रुपान्तरण गर्न स्थानीय तहबाटै नेतृत्व परिवर्तनको सुरुवात हुनुपर्छ : नेता प्रकाशमान सिंह
काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी रुपान्तरणका लागि स्थानीय तहबाटै नेतृत्व परिवर्तनको सुरुवात हुन जरुरी रहेको बताएका छन।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आजबाट सुरु हुन गइरहेको स्थानीय तहको अधिवेशनको अबसरमा शुभकामना व्यक्त गर्दै उनले भने । ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत रूपमा अघि बढाउन अपिल गर्दछु । साथै पार्टी रुपान्तरणका लागि नेतृत्व परिवर्तन पनि महत्त्वपूर्ण भएकाले स्थानीय तहबाटै यसको सुरुवात हुन जरुरी छ।’ उनले भनेका छन।
उनले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेकाले महाधिवेशन सुनिश्चितताका लागि इमान्दार प्रयास गर्न आग्रह गरेका छन। त्यसैले नेता सिंहले नेता छनोटमा विशेष ध्यान नेता कार्यकर्तालाई आग्रह गरेका छन। ‘पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन सक्ने, जनतामाझ भिज्न सक्ने, नागरिकमा केही गर्छ भन्ने विश्वास जगाउन सक्ने, भिजन सहितको नेतृत्व चयन गर्नु हुन समेत अपिल गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ,‘निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको अर्को विकल्प छैन। सबैले आ–आफ्नो ठाउँबाट महाधिवेशन सुनिश्चितताका लागि इमान्दार प्रयास गरौं।’






















