देश

भारतबाट अवैध रुपमा चोरी गरी ल्‍याएको मोबाइलसहित दुईजना पक्राउ

नवलपुर टुडे
२०७८ अशोज ८ | मध्यान्ह ०६:०६ बजे

काठमाडौं । प्रहरीको महानगरी अपराध महाशाखाले भारतबाट अवैध रुपमा चोरी गरी ल्‍याएको आरोपमा मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१४ घर भइ काठमाडौं शंखमुल बस्‍दै आएका २१ वर्षीय आकाश कार्की र बर्दिबास नगरपालिका-१४ घर भइ हाल काठमाडौं महानगरपालिका-३१ जडिबुटी बस्‍दै आएका २१ वर्षीय अमित कुमार महतो रहेका छन् ।

भन्सार छलेर चोरी पैठारी गरी ल्‍याइ कारोबार गरेको भन्‍ने सूचनाको आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखाले उनीहरुको साथबाट आइफोन, सामसुङ, लाभा, ओप्पो र रियल मी कम्पनीका ६१ थान मोबाइल बरामद गरेको छ जसमा भिभो कम्पनीको मोबाइल १२ थान, ओप्पो कम्पनीको मोबाइल ११ थान, सामसुङ कम्पनीको मोबाइल १० थान, रेडमी कम्पनीको मोबाइल ९ थान, एप्पल कम्पनीको मोबाइल ८ थान, रियल मी कम्पनीको मोबाइल ४ थान, एमआइ मोबाइल कम्पनीको मोबाइल ३ थान, भिटु, हुवावे र टेको कम्पनीको मोबाइल १/१ थान रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई आवश्‍यक कार्बाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु