देश

उपत्यकाका व्यवसायीबाट चन्दा असुली गर्न खोजेको अभियोगमा चार जना पक्राउ

नवलपुर टुडे
२०७७ कार्तिक २५ | मध्यान्ह ०८:०७ बजे

काठमाडौं । प्रतिबन्धित समूह, नेत्रविक्रम चन्द (विप्लव समूह) नेतृत्वको नेता भएको समुह बताउने उपत्यकाका व्यवसायीबाट चन्दा असुली गर्न खोजेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटका “सुनार” भनिने विन्तोष सिलवाल, रामेछापका ” अटल” भनिने रामदल श्रेष्ठ, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । महाशाखाका एसएसपी दिपक थापाका अनुसार उनीहरुले माग बमोजिम चन्द नदिए भौतिक कारबाही गर्ने समेत चेतावनी दिँदै आएका थिए ।

व्यवसायीबाट प्राप्त गुनासो पछि अनुसन्धान गर्ने क्रममा धम्की दिने व्यक्ति विप्लव समूहमै आबद्ध नभएको खुलेको थापाको भनाइ छ । हाल पक्राउ परेका सबै जनामाथि आपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

कमेन्टहरु