लोकतान्त्रिक समाजवादी पार्टीको कार्यसमिति विस्तार

नवलपुर टुडे
२०७८ अशोज ७ | मध्यान्ह ०९:०६ बजे

नवलपरासी । लोकतान्त्रिक समाजबादी पार्टीले परासीमा संगठन बिस्तार गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं ६ सनईमा २१ सदस्यी कार्य समिति गठन गरिएको हो ।
विभिन्न राजनीति दलले आउँदो चुनावलाई मध्यनजर राख्दै देशका गाउँ गाउँमा पार्टी संगठनले यतिबेला राजनीतिक ध्रुविकरणको बीच संगठन विस्तारमा लागिरहेका बेला सो पार्टीले पनि बिस्तार गरेको हो ।
भूपाल चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अथिति पार्टी केन्द्रीय सदस्य पुरण चौधरी, विशिष्ट अथिति मुकुर जी गिरी लगायत जिल्लाका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यसमितिमा जिलेदार पठानको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।






















