देश

१८ लाख ७५ हजार नगदसहित १३ जना जुवाडे पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज ७ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । प्रहरीले १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी विभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा बिहीबार बिहान १३ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

उनीहरुबाट प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु