देश

मृगौला पीडितलाई डायलासिस सेवा सहज बनाउन संसदीय समितिको निर्देशन

नवलपुर टुडे
२०७८ अशोज ६ | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । मृगौला पीडितको डायलासिसका नाममा मनपरी शुल्क नलिने व्यवस्था गर्न संसदीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिले डायलासिसको नाममा निजी र सरकारी अस्पतालले मनोमानी शुल्क लिएको भन्दै तत्काल अनुगमन र्न सरकारलाई निर्देशन दिएको हो । समिति सदस्य पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारिले सरकारी स्वास्थ्य संस्थामा डायलासिस गराउने दर व्यापक घटाउनुपर्ने बताए । सुचिकृत निजी अस्पतालले सरकार र बिरामीबाट दोहोरो पैंसा असुलेको भन्दै नियमन जरुरी रहेको बताए ।

समिति सभापति जयपुरी घर्तिले डायलासिस सेवालाई सहज र सरल बनाउनुपर्ने बताइन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ५७९७ जनाले देशभरका अस्पतालबाट डायलासिस सेवा लिइरहेका छ्न् । अहिले निजी अस्पतालले एकपटक डायलासिस गरेको ७ हजारसम्म लिने गरेका छ्न् ।

कमेन्टहरु