देश

कबिता “चार दिनकाे जिन्दगी”

जगत ठाडा मगर
२०७८ अशोज ५ | मध्यान्ह ०७:०६ बजे

महेश यादव (प्रेम)

चार दिनकाे जिन्दगी जिउँदै सार भएछ ।
अामा बुबा बिनाकाे याे जिन्दगी धर्तिमा भार भएको छ ।

लाैन हेर याे मेराे पापी मन अामा बुबाकाे नाम भजिदै जिन्दगी जीवन हरदम भएको छ ।

चिन्ता र तनावमा डुबेर मायामा बाधिन जनाजान गरेछ ।
अामा बुबा बाेलि देउ लाैन मेराे पापी मन बिश्वासकाे ढाेका खाेलिदेउ ।

सम्बन्ध र बिश्वास बाेकेकाे, जीव र ढाढकाे थैला जस्तै भएछ ।
याे जिन्दगी केमा भुल्ने कुनै गन्तव्य थाह नै रहेछ ।

अामा बुबा बिनाकाे जिन्दगी मैलाे भएको छ । गन्तव्यकाे खाेजिमा कति डुले मनमा अास लिई जस्तो मात्र रैछ ।

अामा बुबा स्वर्ग बाँस भएपछि एक्लो जिन्दगी उदास भएको छ ।
अाफु दुखि र भाेको बसेपनि अरुलाई सुखि र खुसी भएको देख्न मन लागेकाे छ ।

काम गरेर पैसा कमाउन कहिले पनि मन लागेन, समाज सेवा गरेर अरुलाई खुसी दिने भाग्यले सिकाई दियो ।

खुसि र सुखि भएको देखाउन बाहिरि एउटा रुप धेरै समाजकाे रित हेरि भित्र भित्रै टुटेकाे मनलाई छुपाई दिए ।
अामा बुबा नभएपछि मर्न मन लाएकाे छ ।

चार दिनकाे जिन्दगी कसरी जीव भन्ने साेच हराएको छ ।
घरनै पहिलाे देवताकाे मन्दिर भएको कुरा पहिलै नै बिर्सि सके, समाजकाे रित हेर्दा हेर्दै अामा र बुबाकाे मायालाई गुमाएर, भ्रमकाे दुनिया रमदै रहे ।

अामा बुबाकाे अाचलमा रहि सत्य र ईमानदार बन्न पाईन । सबै पीडा मनमा लुकाएर पनि बाहिर समाजमा भिज्न बाकि नै रहेछ ।

शान्ति मनमा प्राप्त गर्न बाकिनै रहेको छ । अामा बुबाले अाफु मरेर गएपनि मलाई चार दिनकाे जिन्दगी जीवन सिकाएर गए ।

सायद कर्ममा नै केही खाेट थियो त्यसैले अामा बुबा जिन्दगीमा माया पाउन केही अवसेश बाकिन रहेछ ।
अाफु गल्ती नगरे पनि अरुकाे झटाराे खानु परेछ ।

अरुले जिन्दगी जीवन गल्ती गरे पनि हावाले उडाएकाे देखिन । अाफु जति राम्राे गरेपनि झुठाे ईज्जत् पनि पाउन सकेकाे थिएन ।

सधै खुसि रहेर पनि अरुलाई पिडामा खुसि भएको देख्न सकेन पछि गएर बुझे यस्तो पाे रहेछ जिन्दगी ।
जिन्दगीमा कहिले खुसि त कहिले पीडा छ ।

दुनियाँ पनि जिन्दगीमा फरक भएको छ । मान्छेले पनि मान्छेलाई चिन्न गाह्राे बनायाे याे चार दिनकाे जिन्दगीले साला मरेर गए पनि बाच्न कसरी सकिन्छ भन्ने सिकाएन याे चार दिनकाे जिन्दगीले, यस्तो पाे जिन्दगी रहेको छ ।

कमेन्टहरु