बुटवलस्थित ज्योतिनगरको पहिरो अवलोकन गर्न गएका मेयरमाथि स्थानीय युबाले कुटे


रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । रुपन्देहीमा लगातारको वर्षाले ज्योतिनगर माथिको पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको स्थानिय बासिन्दा त्रसित छन ।

उक्त पहिरो अवलोकनमा लागि गएका मेयर सुवेदीलाई एक युवाले पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै आक्रमण गरेका हुन । सरकारले पहिरोका कारण आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै मेयरमाथी आक्रमण सैलिमा मुक्का हानेका थिए । मेयरमाथि आक्रमणपछि जनपथ र नगर प्रहरीले रोकेका थिए ।
आक्रमण गर्ने ब्यक्तिलाई स्थानियले खिचेको भिडियोमा प्रष्ट देखिन्छ । यसबिषयमा नवलपुर टुडेका पत्रकारले सम्पर्क गर्दा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले मेयरमाथि आक्रमण भन्दा पनि स्थानीय आक्रोशित हुँदै होहल्लामात्रै गरेको बताए ।






















