देश

पढाइसँगै खेतीपाती सिकाउने स्कुल !

जगत ठाडा मगर
२०७७ कार्तिक २२ | मध्यान्ह ०८:०७ बजे

दीपेश निजार भर्खरै १२ वर्ष पूरा भएर १३ लागे । उनी सुर्खेतको बबड्डी चौरमा रहेको जनज्योती उच्च मावीको कक्षा ५ मा पढ्छन् । उनी कक्षाका प्रथम छात्र हुन् ।

स्कुलका प्रधानाध्यापकलाई आग्रह गरेर दीपेशले गत फागुनमा १८ वटा कुखुरा किन्न सहयोग मागे । स्कुलले उनलाई कुखुराको चल्ला दियो । दीपेशले स्कुलमै १८ वटा चल्ला पाल्न सुरु गरे ।

कोरोनाका कारण स्कुल लामो समय बन्द हुने अवस्था आयो । त्यही बीचमा उनले पालेका १८ मध्ये ७ वटा चल्ला स्कुलबाटै चोरी भए ।

स्कुलमा चल्ला सुरक्षित नरहेपछि उनले घरमै ल्याएर ११ वटा लोकल कुखराका चल्ला पाल्न थाले । १२ वर्षकै उमेरमा छोराले कुखुरा पाल्न रहर गरेपछि दीपेशलाई आमा साबित्राले बोईलर कुखुरा पनि किनिदिइन् ।

फागुन यता दीपेशले पालेको लोकल कुखुरा बढेर तीन किलोसम्म भएको छ । केही कुखरा राम्रो दाममा बिक्री भयो केहीका दीपेशले अण्डा बिक्री गरे केही माउले अहिले पनि चल्ला कोरलेका छन् । यस अवधिमा दीपेशले दुई सिजन बोईलर कुखुरा हुर्काएर बिक्री पनि गरिसकेका छन् । फागुनयता दीपेशले खर्च कटाएर १२ हजार रुपैयाँ आम्दानी गरेको आमा पबित्रा बताउँछिन् ।

छोराको रहरपछि घरमा अहिले चिकेन मिट सप खुलेको छ, आमा साबित्रा निजारले घर टोलभरिका लागि तयारी मासु बिक्री गर्छिन् ।

हाबु गाउँपालिका ५ दैलेखका १९ वर्षीय शेरबहादुर पौडेल २२ विगाह जमिनमा एकीकृत कृषि फर्म सञ्चालन गर्छन् । डिप्लोमा इन भेटेरेनरी पढेका उनको फर्मले गत वर्ष ४० लाख रुपैयाँ बराबरको कारोबार ग¥यो । फर्म सञ्चालनको झण्डै दुई वर्षमा शेरबहादुर यस सिजनमा २५ लाख नाफा निकाल्ने गरी काम गरिरहेको बताउँछन् ।

कमेन्टहरु