भगौडालाई कमान्डर मान्न सकिँदैन : रामकुमारी झाँक्री

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसक्ने बताएकी छन्।
शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन् । ‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ उनले भने, ‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन।
तर, सरेन्डर गरे भने ढोका खोल्नु पर्छ । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’






















