देश

एकीकृत समाजवादीले गठन गर्‍यो लुम्बिनी प्रदेश कमिटी, अध्यक्षमा मेटमणि चौधरी

जगत ठाडा मगर
२०७८ अशोज २ | बिहान ०९:०६ बजे

बुटवल । नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न पार्टीको प्रथम भेलाले मेटमणि चौधरीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको रुपन्देहीका अध्यक्ष तथा नवगठित प्रदेश कमिटीका सचिव राजु गुरुङ्गले जानकारी दिए ।

हाललाई १ सय ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेका छौं, यस प्रदेशका १२ वटै जिल्ला कमिटीहरु पनि गठन भई सकेका छन्´ गुरुङले भने भेलाले प्रदेशका सबै जिल्लाहरुमा भेला र संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।´

कार्यक्रममा नेताहरू विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र राजु गुरुङ लगायतले बोल्दै पार्टी अभियानलाई तीव्र रूपमा अघि बढाउने बताएका थिए । लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये गुल्मी जिल्ला सो पार्टीको कमजोरी जिल्ला देखिएको थियो ।

तर हिजो केपी ओली समूहबाटै विद्रोह गरेर आएका तत्कालिन युवा संघका केन्द्रिय सदस्य हिमाल थापा इन्चार्ज र रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महत अध्यक्ष रहने गरि गुल्मी जिल्ला कमिटी गठन गरिएको छ ।

गुल्मी कै गणेश खनाल प्रदेश कमिटी सदस्यमा चयन भएका छन् ।

कमेन्टहरु