काठमाडौदेखि रुकुमतर्फ जादै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते

जगत ठाडा मगर
२०७८ अशोज २ | बिहान ०९:०६ बजे

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा आज (शनिबार) बिहान यात्रुबाहक बस सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंदेखि यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा जम्मा ३१ जना यात्रु सवार थिए ।
१८ जना मध्ये ५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।






















