देश

११ स्थानमा भूमि अतिक्रमण गरेको भन्दै लोसपाले गर्यो चीनविरुद्ध प्रदर्शन

जगत ठाडा मगर
२०७८ अशोज १ | मध्यान्ह ०७:०६ बजे

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको नवगठित लोसपा, नेपाल निकट युवा संघ र विद्यार्थी संगठनले शुक्रबार चीनविरुद्ध प्रदर्शन गरेको छ । चीनले नेपालको ११ ठाउँमा भूमि अतिक्रमण गरेको दावी गर्दै प्रदर्शन गरेको हो ।

नेपालको ७ जिल्लाको ११ ठाँउमा करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गराउन माग गर्दै सो विरोध प्रदर्शन गरिएको युवा नेता मुकेश झाले बताए ।

सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग लोसपाले राखेको छ । प्रदर्शनमा युवा अध्यक्ष मुकेश झा, विद्यार्थी नेता रन्जित झा, युवा अध्यक्ष रञ्जित सिंह, नेता प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झा लगायतको सहभागी रहेको थियो ।

कमेन्टहरु