देश

पछिल्लो २४ घण्टामा देशभर १५५८ संक्रमित थपिए, १० को मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज १ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ ।

यस्तै, एन्टिजेन विधिबाट भएको परीक्षणमा संक्रमितको संख्या ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।

कमेन्टहरु