देश

आज कुन-कुन प्रदेशमा मेघ गर्जन चट्याङ्गसहित वर्षा हुदैछ ?

जगत ठाडा मगर
२०७८ अशोज १ | बिहान ०८:०६ बजे

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन बर्षाको सम्भावना रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी बुलेटिनमा हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको उल्लेख छ।

अहिले गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ। गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

कमेन्टहरु