गाउँपालिका बासीकाे सेवामा २४ ओै घण्टा समर्पित रहनेछु : अध्यक्ष गुप्ता


सुरेश यादव
नवलपरासी/भदौ ३१ । पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका नवलपरासी जिल्लाकै नमुना गाउँपालिकाकाे रुपमा चिनिन्छ । गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने याेजनाकाे साथ अगाडि बढिरहेकाे छ । गाउँपालिका बासीकाे सपना सकार गर्ने र युवाहरुलाई राेजगारमुखि बनाउनुका साथै गरिब तथा अतिविपन्न र अन्य परिवारका छाेराछाेरीहरुलाई समेत शिक्षाको पहुँचमा लाएर उत्कृष्ट शिक्षा हासिल गराउने उदेश्यले माध्यमिक विद्यालयहरुमा कक्षा एक देखि पाँच सम्म अङ्ग्रेजी माध्यममा विद्यार्थीहरुलई पठनपाठन गराउने लक्ष्य रहेको अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक ) ले बताउनुभएकाे छ ।
साथै उहाँले आज एक बहस कार्यक्रममा बाेल्दै आफ्नाे गाउँपालिका बासीहरुलाई स्वास्थ र स्वच्छ बनाउन र हरेक युवायुवती तथा बालबालिकाहरुलाई उच्च शिक्षा हासिल गराई स्वराेजगार मुलक बनाउने र राेजगारिकाे समेत सिर्जना गर्ने बताउनुभएको थियो । उहाँले विभिन्न समस्या र चुनाैतिहरुकाे बाउजुत गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन अगाडि बढिरहेको बताए । उहाँले गाउँपालिकाकाे प्रशासनिक भवन बनाउदा समेत विभिन्न मुद्दाहरु खेप्नुपरेको र त्यसका बाउजुत भवन शिलान्यास गरि निमार्ण गराएकाे बताउदै आज हामी यहि प्रशासनिक भवनमा बसेर पालिकाकाे विकास गरिरहेको बताएका हुन् ।
उहाँले हरेक वडाका गरिब तथा अति विपन्न परिवारलाई तत्काल ग्यास चुलो लगायतकाे सामाग्री वितरण गर्ने बताए । साथै गाउँपालिका भित्रका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि पकेट क्षेत्रकाे रुपमा विकास गरिरहेको बताउनुभयो ।






















