देश

पश्चिम नवलपरासीको बर्दघाट ४ का बाढिपिडितलाई विहिबार खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०७:०५ बजे

महेश यादब
नवलपरासी । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किडार्क नेपाल स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग र एक्शन एड नेपालको प्राविधिक सहयोग तथा एष्ट्रोम फाउडेशन एबिसि नेपालको सहकार्यमा बाढी प्रतिकार्य परियोजना अन्तर्गत विहिबार बर्दघाट ४ का बाढिपिडितहरुलाई खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण गरिएको छ ।
photo 2021 09 16 19 34 35

बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य लुकुणी चमारको अध्यक्षता तथा किर्डाकका परियोजना समयोजक कृष्ण रावलको आतिथ्यतामा सम्पन्न राहत वितरण कार्यक्रममा परियोजनाको उदेश्य तथा कार्यक्रमको बारेमा परियोजना समयोजक रावलले प्रष्ट पार्नुभएको थियो । सो अवसरमा शिवा स्मृति टोल विकास सस्थाका अध्यक्ष रमेश ज्ञवली लगाएतका वक्ताहरुले मन्तब्य राख्दै परियोजनाले यस बाढी प्रभावित क्षेत्रमा आई पिडितहरुलाई अति आवश्यक समाग्री सहित खाद्यान्न सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा गत भाद्र महिनामा परेको अविरल बर्षाका कारण डुबानमा परेको तथा बाढी प्रभावित बर्दघाट ४ को स्मृति टोलका एक सय घर परिवारलाई चामल, दाल, नुन, चिनि, तेल, चिउरा, त्रिपाल, बाल्टी, जग, फिलेन, सिनेटेरि प्याड, मास्क, सेनिटाइजर, साबुन लगाएत १६ प्रकारका प्रति घरपरिवारलाई ७ हजार ५ सय ७६ रुपिया ५० पैसा बराबरको समाग्रीहरु वितरण गरिएको परियोजनाका जिल्ला समयोजक विश्वराज लामिछानेले जानकारी दिनुभएको छ ।

photo 2021 09 16 19 34 33

कार्यक्रममा जनप्रतिनिधि, स्थानिय समाजसेवी, परियोजनाका कर्मचारी, सहयोगी सस्थाका प्रतिनिधि, पत्रकार लगाएत बाढि प्रभावित परिवारको उपस्थिती रहेको थियो । परियोजनाले बुधबार मात्रै नवलपरासी पुर्व हुप्सेकोट गाउँपालिकामा बर्षाका कारण खसेको पहिरो पिडित एक सय घरपरिवारलाई सोही बराबरको समाग्री वितरण गरिसकिएको र आगामी दिनमा सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा समेत वितरण गर्ने योजना रहेको संयोजक लामिछानेले नवलपुर टुडेलाई जानकारी दिनुभएको छ ।

कमेन्टहरु