माओवादीको निर्वाचन समितिका पदाधिकारीले प्रचण्डद्वारा लिए शपथ

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०६:०५ बजे

काठमाडौ । नेकपा माओवादी केन्द्रको निर्वाचन समितिका पदाधिकारीले पद तथा गोपनीयताकाे शपथ लिएका छन् ।
मंगलबार बसेको माओवादी स्थायी समिति बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । उक्त समितिका पदाधिकारीलाई बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालले शपथ गराएका हुन् ।
शपथ गराउँदै प्रचण्डले वडादेखि केन्द्रसम्मको पार्टीका निर्वाचनलाई व्यवस्थित बनाउने विधि तयार पार्न निर्देशन दिए । पार्टी पुनर्निर्माणको सुरुवात निर्वाचन समिति गठन गरेर गरिएको उनले बताए ।






















