देश

एमालेमा अब ‘हिरा र सुन’ मात्रै छ, पित्तल र काँसका टुक्राहरू छुट्टिएर गए : कृष्णगोपाल श्रेष्ठ

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले अब एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् ।

बुधबार नेकपा एमाले काठमाडौ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताएका छन् । श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फलहरु कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको दावी गरे ।

‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो । त्यसका लागि राजनीतिक, वैचारिक सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ एमालेमा त्यो गुण छ’, उनले भने, ‘सुन र पित्तल छुट्याउन सक्नुपर्छ । एमाले सुनको पार्टी हो, एमालेमा हिरा र सुन मात्रै बाँकी छ ।’

श्रेष्ठले पित्तल, काँसका टुक्राहरू छुट्टिएर गएको भन्दै त्यसले फरक नपर्ने दावी गरे ।

कमेन्टहरु