देश

सिराहामा ५ किलो चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ३१ | बिहान ०८:०५ बजे

सिराहा । सिराहाबाट ५ किलो चाँदी लिएर भारततर्फ जाँदै गरेका दुई भारतीय नागरिकलाई सिराहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खुटौना ग्राम पञ्चायतका रवि महतो र पिन्टु महतो रहेका छन् ।

उनीहरुलाई भगवानपुर गाउँपालिका- ४ ठाडीबाट बुधबार साँझ पक्राउ गरिएको सिराहा प्रहरी प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । दुबै जनाले आ–आफ्नो कम्मरमा लुकाएको अवस्थामा ५ किलो चाँदी फेला परेको उनले बताए ।

पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु