देश

रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको उपचारको क्रममा मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ ३० | बिहान १०:०५ बजे

बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राती युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो ।

तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा रिफर गरि भर्ना गरिएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।

चौहान नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य हुन् । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् । चौहानको निधन प्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दु:ख व्यक्त गरेका छन् ।

कमेन्टहरु