देश

गुल्मीमा कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ २८ | मध्यान्ह ०१:०५ बजे

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका-७ बतासेका ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका-७ का २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका-३ का २१ वर्षीय हिमाल रहादी रहेका छन् । उनीहरुबीच सामान्य विवाद हुँदा शिवको भतिजो पर्ने हिम बहादुर र हिमालले मादक पदार्थ सेवन गरी गत बिहीबार कुटपिट गरेको भन्ने जानकारी पाउनासाथ प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो।

कुटपिटबाट घाइते भएका शिवको स्थानीय मेडिकल सुबसराथी क्लिनिक प्रालि मजुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु