प्रतिनिधिसभाको बैठक आज बस्दै

नवलपुर टुडे

सारांश
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको पूर्ण बैठक बस्नुअघि आज विभिन्न चार वटा संसदीय समितिका बैठकहरू समेत बस्दै छन् । संसद् सचिवालयका अनुसार बिहान १०ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरिनेछ । सो क्रममा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग दफावार छलफल गर्ने तयारी छ ।
सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । यसैगरी, बिहान ११ः१५ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक डाकिएको छ । उक्त बैठकमा नेपालमा स्वदेशी, वैदेशिक, निजी तथा सार्वजनिक लगानीको वर्तमान अवस्था, जलवायु परिवर्तनले लगानीमा पारेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन एवं लगानीमैत्री वातावरणका लागि आवश्यक नीतिगत र कानुनी सुधारबारे विस्तृत छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारले अघि बढाएको ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग राय–परामर्श गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी

बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण रुपमा क्षतिग्रस्त, अर्बौँको पूर्वाधार नष्ट

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
अरुपनि पढ्नुहोस
सबै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

कांग्रेस महाधिवेशन: आज उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

आज विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तो छ राष्ट्र बैंकको विनिमयदर

कांग्रेस सभापति गगन थापाले गराए १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता















