देश

‘सक्किगोनी’ अब हिमालय टेलिभिजनमा प्रशारण गर्ने तयारी

जगत ठाडा मगर
२०७७ कार्तिक १७ | मध्यान्ह ०४:०७ बजे

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २० गतेबाट भने हिमालय टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको हो ।

अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण केही महिनादेखि प्रशारण हुन सकेको थिएन । अब, मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी गरिएको यो श्रृङ्खलाका सिरिज निर्देशक दिपकप्रसाद आचार्यले जानकारी दिए ।

कमेन्टहरु