आक्रमण र पाइपलाइन अवरुद्धले बढायो कच्चा तेलको भाउ, कतिमा भइरहेछ कारोबार ?

एजेन्सी

सारांश
काठमाडौं । साउदी अरबको ऊर्जा पूर्वाधारमा भएका आक्रमणका कारण इस्ट–वेस्ट पाइपलाइन सञ्चालनमा आउन नसकेपछि मंगलबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।
ऊर्जा पूर्वाधार र तेल ढुवानीका मार्गमा भएको क्षति मर्मत गर्न लामो समय लाग्न सक्ने आशंकाले विश्वव्यापी तेल आपूर्तिबारे चिन्ता बढेको हो ।
उता, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) क्रुडको भाउ पनि २ डलर ४६ सेन्टले बढेर प्रतिब्यारेल १०३ डलर ८५ सेन्टमा पुगेको थियो ।
यो पनि अघिल्लो दिन कोमेक्समा कारोबार बन्द हुँदाखेरिको तुलनामा २ दशमलव ४३ प्रतिशत धेरै हो । सोमबार यमनका इरान समर्थित हुथी समूहले साउदी अरबमा नयाँ आक्रमण गरेपछि थप तेल आपूर्तिबारेको चिन्ता बढेको छ । यसैबीच, खाडीका अरब राष्ट्रहरूले इरानसँग गर्ने तय भएको छलफल पनि स्थगित गरेका छन् ।
साउदी अरबलाई लक्षित गर्दै हुथीहरूले गरेका पछिल्ला आक्रमणले द्वन्द्वको गम्भीरता र अवधि कति लामो हुन सक्छ भन्ने विषयमा तेल बजारका लगानीकर्ताको अपेक्षालाई प्रभावित गरिरहेको हुन सक्छ,’ क्यापिटल इकोनोमिक्सका वरिष्ठ जलवायु तथा कमोडिटी अर्थशास्त्री हमाद हुसेनले भने ।
हुथीहरूले सोमबार दक्षिणी साउदी अरबको खामिस मुशैतस्थित सैन्य हवाई आधारमा दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थिए । उनीहरूका अनुसार विमानका ह्याङ्गर, राडार प्रणाली, धावनमार्ग र हतियार भण्डारणस्थललाई लक्षित गरिएको थियो । यमनमा साउदी अरबले गरेको हवाई आक्रमणको जवाफमा उक्त हमला गरिएको हुथीहरूको भनाइ छ ।
यसअघि शुक्रबार साउदी अरबमा भएको आक्रमणपछि देशको इस्ट–वेस्ट पाइपलाइनमा अवरोध आएको थियो। रियादले उक्त आक्रमणको आरोप इरान समर्थित इराकी लडाकुहरूमाथि लगाएको थियो । इस्ट–वेस्ट पाइपलाइनले अवरुद्ध स्ट्रेट अफ होर्मुजलाई छल्दै साउदी अरबबाट तेल निर्यात गर्न अनुमति दिन्छ । युद्ध सुरु हुनुअघि विश्व बजारमा खपत हुने झन्डै २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यासको आपूर्तिको स्ट्रेट अफ होर्मुज हुँदै जाने गरेको थियो ।
साउदी अरबले इस्ट–वेस्ट पाइपलाइन पुनः सञ्चालन गर्न नसके केही दिनमै निर्यातका लागि उपलब्ध कच्चा तेल सकिन सक्ने खरिदकर्ता र व्यापारीहरूले बताएका छन् । पाइपलाइनमा भएको आक्रमणले विश्वको कुल तेल आपूर्तिको ४ प्रतिशतसम्म प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । ‘पछिल्लो आक्रमण अझ गम्भीर हुन सक्छ र यसले हालै यान्बुबाट भइरहेको दैनिक २० लाख ब्यारेलसम्मको तेल निर्यातलाई समेत जोखिममा पार्न सक्छ,’ गोल्डम्यान स्याक्सले एक नोटमा भनेको छ । पाइपलाइन मर्मत गर्न छिटोमा आठ सातासम्म लाग्ने बताइएको छ ।
तेल पूर्वाधारमाथिका आक्रमणले द्वन्द्वमा महत्वपूर्ण वृद्धि भएको संकेत गरेको र ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरभन्दा माथि जाने सम्भावना बढाएको गोल्डम्यान स्याक्सले भनेको छ । सन् २०२७ मा खाडी क्षेत्रको औसत तेल उत्पादन युद्धअघि रहेको स्तरभन्दा दैनिक ४० लाख ब्यारेल कम रहने अवस्थालाई आधार मानेर कम्पनीले यस्तो अनुमान गरेको हो । यसैबीच, स्ट्रेट अफ होर्मुज हुँदै जाने कमोडिटी बोकेका पानीजहाजको संख्या सोमबार घटेर चारमा झरेको छ । एक दिनअघि यस्तो जहाजको संख्या १० थियो । केप्लरले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार जहाज आवागमनमा उल्लेख्य कमी आएको हो ।
‘तेलको मागमा समायोजन नभए वा स्ट्रेट अफ होर्मुज हुँदै जाने तेलको प्रवाह नबढे, इस्ट–वेस्ट पाइपलाइन केही सातासम्म बन्द रहँदा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलरसम्म पुग्न सक्छ,’ हुसेनले भने । साउदी अरबको इस्ट–वेस्ट पाइपलाइन करिब १ हजार २०० किलोमिटर लामो महत्वपूर्ण तेल ढुवानी मार्ग हो । यसले फारसको खाडी क्षेत्रबाट तेललाई रेड सीमा रहेको यान्बु बन्दरगाहसम्म पुर्याएर स्ट्रेट अफ होर्मुजलाई छल्दै निर्यात गर्ने विकल्प प्रदान दिइरहेको छ । पाइपलाइन बन्द हुँदा साउदी अरबको तेल निर्यात क्षमतामाथि सीधा दबाब परेको छ ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















