देश

एमसीसी चाहिँदैन भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

जगत ठाडा मगर
२०७८ भदौ २६ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा शनिबार उपत्यकामा प्रदर्शन गरिएको छ ।
photo 2021 09 11 16 37 29

भाडावाल सरोकार समाज लगायतका विभिन्न संस्थाको अगुवाइमा एक समूहले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । सो समूहले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो ।

उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन भाडावाला सरोकार नेपाल समाजलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए । नो एमसीसी लेखेको टिसर्ट लगाएका थिए ।

photo 2021 09 11 16 37 23

photo 2021 09 11 16 37 25

photo 2021 09 11 16 37 27

photo 2021 09 11 16 37 31

कमेन्टहरु