देश

एमाले सांसद रेखा झा भन्छिन् – सभामुखको टाउकोमा हान्न माइक तानेकी थिएँ

जगत ठाडा मगर
२०७८ भदौ २५ | मध्यान्ह ०८:०५ बजे

काठमाडौं । सत्ता गठबन्धनको प्रतिपक्ष दल नेकपा एमालेको सांसद रेखा झाले आफूले सभामुखको टाउको माइकले हान्न खोजेको बताइएकी छिन् ।

उनले आजको संसद् बैठकपछि सञ्चारकीहरूसँग प्रतिक्रिया दिँदै आफूले माइक तानेपनि हान्न नसकेको बताइन् । “हामीले जे पायो त्यहीले टाउको फुटाउने स्वतन्त्रता थियो । पहिले गल्ती कसले गरेको ? माइकले सभामुखलाई हान्थेँ, अर्थमन्त्रीलाई हान्थेँ,” उनले भनिन् ।

सभामुखले प्रतिपक्षी दलको विरोधका बीच पनि संसद् चलाएको भन्दै आक्रोश पनि पोखिन् ।

कमेन्टहरु