रसुवाको भोर्ले बजारनजिक सुक्खा पहिरो, सडक अवरुद्ध

नवलपुर टुडे

सारांश
धुन्चे । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ ठुलो सुक्खा पहिरो खसेको हो । नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी, धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध हुँदा यो सडक वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको छ ।
पहिरोका कारण काठमाडौँ, नुवाकोट हुँदै रसुवा सदरमुकाम धुन्चे जाने तथा धुन्चेबाट फर्कने यात्रु बाटोमै अलपत्र परेका छन् । राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधन तथा टोलीसमेत सडक अवरुद्ध भएपछि रोकिएका छन् । पहिरो पन्छाउन दुई वटा डोजर पुगेका छन् र सडक खुलाउने प्रयास भइरहेको छ ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















