प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुको नाराबाजी

जगत ठाडा मगर
२०७८ भदौ २५ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर एमाले संसदहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् ।
सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताए । उनले जनताका जल्दा बल्दा समस्या बाढी पहिरो, जनताका विभिन्न समस्याका बारेमा बोल्न खोजेको बताउँदै एमाले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएको भन्दै सदन सञ्चालन गर्न दिन आग्रह गरे ।
एमाले सांसदहरुले नारावाजी जारी राखेका छन् ।






















