पहिरोका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

रासस

सारांश
बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।
गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडांगलगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँचजनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ ।
प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्य स्थानतर्फ जाने सवारीसाधनहरू बाटोमा नै रोकिएका छन् ।

चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

मकवानपुरमा चाडपर्वलाई लक्षित गरी नियमित बजार अनुगमन

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गुल्जार हुने कागबेनीधाम गुमनाम
अरुपनि पढ्नुहोस
सबै
व्यापार तनाव घटाउन इयु–चीन वार्ता

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने

रौतहटमा इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार















